३० असार २०८३, मंगलबार | July 14, 2026

आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन बनाउँदैनः ईश्वर पोखरेल



विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएकोे बताएका छन् ।

प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृृद्धि, देश बनाउने सपना जागृत गर्ने बिषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताए ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए ।

‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने । स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए ।

बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई थियो । उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे ।

सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाईं थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले