१० भदौ २०८३, बुधबार | August 26, 2026

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन, रनिल विक्रमसिंघे नयाँ राष्ट्रपति बन्ने सम्भावना



कोलम्बो । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । बृहद जनप्रदर्शन पछि श्रीलंका छाडेर भागेका यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर राजीनामा पठाएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ हुँदै सिंगापुर पुगेका छन् ।

श्रीलंकाबाट प्राप्त पछिल्लो समाचार अनुसार अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको त्यहाँ रहेका समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्ष परिवारसँग निकट मानिएका विक्रमसिंघेले संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।

यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले भारतसँग सहयोगको अपिल गर्दै मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले राष्ट्रपतिको निर्वाचन हुनु अघि भारतसँगको सहयोग प्रस्ताव अगाडि सारेका हुन् । ‘चाहे जोसुकै राष्ट्रपति बनोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’उनले ट्वीटरमा लेखेका छन् ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : १४ बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी