३० असार २०८३, मंगलबार | July 14, 2026

मूल्यवृद्धिविरुद्ध बोल्दा मलाई ट्रोल बनाइयो : प्रदीप ज्ञवाली



काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए । ‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उनले भने, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फिति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताए ।

मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका उनले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताए ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उनले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताए । कृत्रिम अभाव, महंगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उनले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ३ : २८ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले