३० भदौ २०८३, मंगलबार | September 15, 2026

एसपीपीमा सहभागी नहुने पत्रबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी स्वीकार नगर्ने पत्रबारे जानकारी गराउन सरकारलाइृ निर्देशन दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरु एसपीपीको अवस्थाबारे प्रश्न उठाएकाले सरकार स्वयंले गरेको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन निर्देशन दिएका हुन् ।

आजको बैठकमा सत्तापक्षका सांसदहरुल एसपीपीलाई नाम फेरेर कार्यान्वयन गर्ने तयारी भएको भन्दै आपत्ति जनाएका थिए ।

सापकोटाले सांसदहरुले उठाएको प्रश्नमा आफ्ना ध्यानाकर्षण भएको भन्दै सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् । सापकोटाले भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु । ’

व्यापक जनविरोध र सत्तापक्ष एवं प्रतिपक्षी सांसदहरुको तिब्र आपत्तिपछि सरकारले अमेरिकी सैन्य कार्यक्रम एसपीपीमा सहभागी नहुने पत्राचार गर्ने निर्णय गरेको थियो । तर लामो समय वित्दा पनि परराष्ट्र मन्त्रालयले अहिलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ६ : ५३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ