२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना जोखिम बढ्न नदिन कर्णाली प्रतिष्ठानको टोली दैलेखतर्फ



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख प्रस्थान गरेको छ ।

प्रतिष्ठानले चिकित्सकद्वय डा दिनेश शाही र डा रोज्निम प्रधान तथा जनस्वास्थ्यविज्ञत्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोलीलाई दैलेख खटाएको हो ।

शनिबार दुल्लु नगरपालिका –७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवकको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको समन्वयमा पठाइएको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करीब एक महिना दैलेख बस्ने जनाइएको छ । रजिष्ट्रार काफ्लेले भन्नुभयो, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा समुदायस्तरमा पुगेर उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ८ : ५१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका