१ असार २०८३, सोमबार | June 15, 2026

भारतबाट अबैध भित्रिने कुखुरा रोक्न माग गर्दै काठमाडौं र चितवनका कुखुरा व्यवसायी नेपालगन्ज पुगे



नेपालगन्ज । नेपालगन्ज नाकाबाट भित्रिएको कुखुराका कारण नेपालभरीकै कुखुरा व्यवसायमा असर परेको भन्दै काठमाडौं र चितवनका कुखुरा व्यवसायीहरु नाका कडाईको माग गर्दै नेपालगन्ज पुगेका छन् । खुल्ला नाकाको फाईदा उठाएर अबैध कुखुरा भित्रिएका कारण देशैभरीको कुखुरा व्यवसाय धरापमा परेको भन्दै उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर नाकामा कडाई गरिदिन आग्रह गरेका छन् ।

कुखुरा व्यवसायीहरुले अन्य नाकामा कडाई गरिएपनि नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा अबै कुखुरा पैठारी भएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लाबाट आएका व्यवसायीहरुले आज बिहानै सीमानाकाका खुद्रा कुखुराको मासु बेच्ने पसलको अवलोकन गरेका थिए । अवलोकनका क्रममा नेपालगन्ज र यस आसपासका क्षेत्रमा खुल्लेआम भारतबाट आएको कुखुरा र कुखुराको मासुको बेचबिखन भईरहेको पाईएको उनीहरुले बताए । व्यवसायीहरुले केही मासु पसलबाट भारतीय कुखुरा बरामद गरेर प्रहरीलाई बुझाएका थिए ।

भारतीय कुखुराका कारण नेपाली कुखुरा पालक किसान र मासु व्यवसायीको व्यवसाय धरापमा परेको कुखुरा व्यवसायी संघ, बाँकेका अध्यक्ष ईश्वर सुवेदीले बताए । प्रहरी प्रशासनले कडाई नगरेका कारण व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सुबेदीले बताए ।

बाँकेको खुल्ला नाकाबाट अवैध रुपमा भित्रिने कुखुरा र कुखुराको मासु बुटवल, चितवन हुँदै काठमाडौं सम्म पुग्ने गरेको व्यवसायीको भनाई छ । अबैध पैठारीका कारण करोडौंको लगानी डुब्ने अवस्थामा पुगेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

व्यवसायीहरुसँग ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले नाकामा थप कडाई गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : २४ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा