१४ चैत्र २०८२, शनिबार | March 28, 2026

द ब्रिटिस कलेजले गर्यो ‘टिबिसी मार्केटप्लेस’ कार्यक्रम



काठमाडौँ । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ ।

लेभल ३ बिबिए करिकुलमको एक भागको रुपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुद्वारा १८ वटा स्टल राखिएको छ । सबै स्टलमार्फत स्थानीय व्यवसायीहरुका विभिन्न उत्पदानहरु बिक्री गरिएको कलेजले जनाएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई व्यवसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रिवितरण जस्ता कार्यहरु दिइएका छ ।
उक्त प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ भने बाँकी प्रक्रिया अन्तर्गत परोपकारमा दान गरिनेछ ।

बिबिए कार्यक्रमका प्रमुख सौरभ सत्यालले मार्केटप्लेसबारे जानकारी दिदै भने,‘टिबिसीमा विद्यार्थीहरुलाई व्यवहारिक सिकाई र शिक्षामार्फत आफुलाई प्रस्तुत गराउन हामीले प्रोत्साहित गछौँ । यो कार्यक्रम नै एउटा राम्रो उदाहरण हो । यो विद्यार्थीहरुका लागि एक अवसर हो जहाँ उनीहरुले आफ्नो अध्ययनलाई व्यवहारिक बनाउन सक्छन् ।’
कार्यक्रममा रहेका स्टलहरु बिहान ८ः३० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ला रहेका थिए जसमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामाग्रीहरुसम्म थिए । उक्त कार्यक्रममा आउने सबैलाई कलेजको दुवै द्वारबाट स्वागत गरिएको थियो । उक्त इभेन्टमा १५०० जनाभन्दा बढीको सहभागिता थियो ।

कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले भने,‘अध्ययनको पहिलो वर्षमा नै विद्यार्थीहरुले यतिधेरै एक्सपोजर पाउँदा मलाई निकै खुसी लागेको छ । टिबिसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठुलो सफलता प्राप्त गरेको मेरो ठम्याई छ । भविष्यमा पनि कलेजले यस्तै व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ३६ बजे

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको