८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

क्यालिफोनिया डढेलोः ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो



न्युयोर्क । अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ।

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म कुनै नियन्त्रणमा नआएको प्राप्त विवरणहरुमा जनाइएको छ । तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ ।

डढेलेमा केही सवारी साधनसमेत जलेका छन् । आगलागीमा जलेर १० ओटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ । सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गर्भनरले जानकारी दिएका छन् । मारिपोसमा ३५ दशमलब ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५५ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि