४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्यालिफोनिया डढेलोः ६ हजार जनालाई सुरक्षित क्षेत्रमा लगियो



न्युयोर्क । अमेरिकाको क्यालिफोर्नियामा लागेको डढेलोका कारण ६ हजार मानिसलाई खाली गरिएको छ । राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि मारिपोस काउन्टीमा आपत्कालसमेत घोषणा गरिएको छ।

आगो नियन्त्रण गर्न २ हजार अग्नि नियन्त्रक र १७ ओटा हेलिकोप्टर परिचालन गरिएका क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड फायर प्रोटेक्सनले जनाएको छ । १४ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको आगो अहिलेसम्म कुनै नियन्त्रणमा नआएको प्राप्त विवरणहरुमा जनाइएको छ । तातो र न्यून आद्रताका कारण डढेलो निभाउने भइरहेका प्रयासमा असर गरेको जनाइएको छ ।

डढेलेमा केही सवारी साधनसमेत जलेका छन् । आगलागीमा जलेर १० ओटा घर ध्वस्त भएको बीबीसीले जनाएको छ । सुक्खा र गर्मी मौसमका कारण डढेलो फैलिएको क्यालिफोर्नियाका गर्भनरले जानकारी दिएका छन् । मारिपोसमा ३५ दशमलब ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेको छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५५ बजे

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो