६ आश्विन २०८३, मंगलबार | September 22, 2026

परोर्हा धामलाई डाउनटाउनको आर्थिक सहयोग



बुटवल । पश्चिमको पशुपतिको रुपमा पहिचान बनाएको स्वयंम उत्पत्तिमान परोर्हा परमेश्वर धाम मन्दिरमा साउन मेलाको भण्डाराका लागि रोटरी क्लब अफ बुटवल डाउनटाउनसहित संघसंस्थाहरुले आर्थिक सहयोग गरेको छ । सोमबार मन्दिर परिसरमा विशेष पुजाआजासहितको कार्यक्रममा परोर्हा परमेश्वर धाम विकास समितिका अध्यक्ष राम वली चौधरी, सैनामैना वडा नं ४ का वडाअध्यक्ष राम प्रसाद अधिकारीलाई डाउनटाउनका क्लबका अध्यक्ष भरत रानाले एघार हजार एक सय एघार रुपैया रकम हस्तान्तरण गरेको हुन ।

कार्यक्रममा परोर्हा परमेश्वर बोलबम धाम विकास समितिका अध्यक्ष राम वली चौधरीले सामाजिक संघसस्थाहरुबाट भएको सहयोगका कारण मन्दिर ब्यवस्थापनमा सहज भएको बताए । कोभिडका कारण दुई वर्ष स्वदेश तथा विदेशका धार्मिक पर्यटक आउन नसकेको धाममा यसवर्ष भने घुइचो लागेको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले धार्मिक पर्यटकको घुइँचो लाग्ने साउन महिनाभरि नै मन्दिरको ब्यवस्थापनमा थोरै भएपनि आफुहरुबाट सहयोग जुटाउनु सौभाग्य भएको बताए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजेन्द्र ढकाल, पूर्व अध्यक्ष विमलराज भट्टराई, सचिव विष्णु भण्डारी, सहयोगी संस्थाहरु रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनका सौरभ भुषाल, बुटवल रामापिथेकसका विष्णु घिमिरे, बुटवल सिनर्जीका अर्जुन पौडेल, ईन्नरह्विल क्लब अफ रुपन्देहीका गिता शर्माले आगामी दिनहरुमा समेत मन्दिरमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा