२० श्रावण २०८३, बुधबार | August 5, 2026

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २३ लाख १० हजार बिगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालिन सव–इन्जिनियर राजेन्द्र शाही, ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् ।

अख्तियारदे दायर गरेको मुद्दामा उनीहरुसँग २३ लाख १० हजार ५९६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ५ : १९ बजे

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।