११ श्रावण २०८३, सोमबार | July 27, 2026

कपिलवस्तुको तरकारी अर्घाखांचीमा अस्वीकार्य, १ गाडी तरकारी खोलामा फालियो



अर्घाखाँची । कपिवस्तुका किसानले उत्पादन गरेरे बिक्रिका लागि अर्घाखांची पु¥याईएको तरकारी जिल्लामा बेच्न नदिने भन्दै नष्ट गरिएको छ ।

जिल्ला बिपद ब्यवस्थापन समितिले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन प्रतिबन्ध लगाएको अवस्थामा तरकारी जिल्ला भित्राएको भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तरकारी नष्ट गरेको हो ।

सन्धिखर्ककको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो । सन्धिखर्कमा तरकारी तथा फलफुल विक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं.१० बाट बिक्रीवितरणको लागि अर्घाखांची लगेका थिए । उनले लगेका हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले बताए ।

अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरुमा भने प्रतिबन्ध लगाईएको छैन । जिल्लामा अहिलेसम्म दुई जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ६ : ४० बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत