२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

संसदीय छानबिन समितिले बुझायो सभामुखलाई प्रतिवेदन



काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रतिवेदन लेखन पुरा गरेको समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

गत जेठ १४ गते राति बजेट घोषणाको अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते सभामुख सापकोटाले संसदीय छानबिन समिति गठन गरेका थिए । तर, समितिले पूर्वमन्त्री शर्मा संलग्न भएको भनिएको आरोपलाई पुष्टि गर्नसक्ने कुनै पनि प्रमाण फेला पार्न सकेन । समितिले शर्मालाई सफाई दिनेगरी प्रतिवेदन बनाएको छ ।

प्रमाणहरु संकलन र अध्ययनमा सँगै लागेका समितिका सदस्यहरुबीच प्रतिवेदन लेखनमा भने असहमति देखिएको छ । सत्तापक्षका समिति सदस्यहरुले प्रमाणको अभावमा शर्मालाई आरोपित गर्न नसकिने निस्कर्ष निकालेका छन् भने एमालेका सदस्यहरुले अर्थमन्त्रालय असहयोगी बनेको जिकिर गरेका छन् ।

समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदानप्रदानका अन्य माध्यमहरू (सामाजिक सञ्जाल, भाइवर, म्यासेन्जर, ह्वाट्सएप) लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ,’ सुझव खण्ठमा भनिएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ४२ बजे

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग