५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलमा महामारीविरुद्ध स्वनियम पालना गर्न बुटवल उपमहानगरपालिको आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । सार्वजानिक आग्रह संगै स्वनियम पालना गराउन र बजारको अवस्था अनुगमन गर्न उपमहानगर प्रमुखको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधि सहितको टोलि नगरको टोलटोलमा पुगेको थियो ।

विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वनियममा बस्न जरुरी रहेको बताउंदै आएका छन् ।
अत्यावश्यक काम परेपनि पूर्ण सुरक्षाको प्रवन्धसहित घरबाट निस्किन र सामाजिक दुरी कायम राख्न उपमहानगरले आग्रह गरेको छ । बुटवलमा मानिसको आवागमन धेरै भएको गुनासो आएपछि उपमहानगरका प्रमुख शिवराज सुवेदी आफै अनुगमनमा निस्कनुभएको थियो ।

प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर, बैंक तथा वित्तीय संस्थाका विभिन्न तहका कार्यालयदेखि संसदसमेत यहीँ रहेको र दुई प्रमुख राजमार्गसमेत यहीँबाट जाने भएका कारण बुटवलमा तुलनात्मकरुपमा बढी भिडभाड देखिने गरेको छ ।

उपमहानगरले समय तालिका निर्धारण गरेर सुरक्षित तरिकाले मात्रै त्यस्ता पसल सञ्चालन गर्ने ब्यवस्था मिलाए पनि भिडभाड नियन्त्रण हुन सकेको छैन ।

अत्यावश्यक काम परेर हिंडडूल गर्नैपर्ने अवस्थाका मानिसलाई पनि कसरी सुरक्षित राख्ने र उपभोक्ताको जिउधन तथा स्वास्थ्यलाई पनि कसरी सृुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको उपमहानगर प्रमुख सुवेदीले बताउनु भयो । उहाँले यहाँका किसानले उत्पादन गरेको तरकारीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताको घरघरमा विक्री वितरण गर्न पाउनेगरि व्यवस्थासमेत मिलाईएको समेत बताउनु भयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ९ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं