२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवलमा सुरक्षाप्रवन्धसहित दैनिक ज्यालादारीको काम सुचारु



बुटवल । बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका काम सुचारु गर्ने भएको छ । उपमहानगरले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।
वडा न.२ मा ४१ जना, वडा न. मा ७ जना र वडा नं. १० मा३१ जना गरी जम्मा ७८ जनालाइ दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं. १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाई र केही संरचना निर्माणका लागि त्यसक्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो ।

अहिले तीनवटा वडामा सुरु भइरहेको यो कार्यक्रम अरु वडामा पनि छिट्टै सुर गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आवका लागि पनि आवेदन माग गरि सकिएको छ ।

गत आ.वमा बुटवलमा छनौट भएका झण्डै एक हजार जना कामदारमध्येबाटै चालु आवमा वडामा काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  १० : ४३ बजे

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,