३ पुस २०८२, बिहिबार | December 18, 2025

जुम्ली स्याउको पहिचान गुम्ने सङ्केत



जुम्ला । जुम्लामा उत्पादित अर्ग्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग पाक्न नपाउँदै यहाँको स्याउ किसानसँग मिलेमतोमा व्यापारीले बिक्री गर्न थालेका छन् ।

भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ ।

काठमाडौं, नेपालगञ्ज, दाङ, धनगढी विराटनगरलगायत जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ । आर्थिक समृद्धिसँगै जिल्लाको पहिचानसँग जोडिएको स्याउको पहिचान गुम्नेसमेत खतरा बढेको कृषिविज्ञ बताउँछन् । जिल्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भन्छन्, “साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको हो । पछि उपयुक्त मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने सङ्केत हो ।” साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको उनले जानकारी दिए ।

तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । दुवै स्थानीय तहले सूचना जारी गर्दै स्याउको पहिचान कायम राख्न, बजारको मागअनुसार पूर्ति गर्न, राम्रो मूल्य पाउनका लागि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्नसमेत सूचना गरिएको चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताए ।

तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी, किसान र जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ टिप्ने निर्णय गरेको जानकारी दिए । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन् । बजारमा काँचो स्याउ पुग्दासमेत सम्बन्धित निकायले कुनै अनुगमनको पहलसमेत चालेका छैनन् । रासस

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४१ बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले