२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह



म्याग्दी । आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ ।

पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए ।

बाबियाचौर आसपासको तटीय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुनसमेत अपिल गरिएको छ । त्यस्तै मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति यस अगाडि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्नेगरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका बस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने बताए पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।

नदीको तटीय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले म्याग्दी र धवलागिरि गाउँपालिकाले मुदी र मुनामा तटीय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क व्यक्ति खटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ३८ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल