१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुनेभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले मंसिर ४ गते एकैदिन देशभर प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटका लागि निर्वाचन मिति घोषणा गरेको हो ।

मंसिर ४ गते एकैदिन निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचन मिति तोक्ने विषयमा सहमति गरेको थियो ।

निर्वाचन आयोगले पहिले नै मंसिर २ गते निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले १२० दिनको समयअवधि राखेर सिफारिस गरेको थियो । तर, सरकारले भने निर्वाचनका लागि १०७ दिनको अवधि राखेर मिति तोकेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ०९ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको