३ पुस २०८२, बिहिबार | December 18, 2025

कास्मिरको पक्षमा पाकिस्तानी दूतावासले गर्यो ‘कास्मिरिज! यूम–ए–इस्तेसल’ अन्तर्क्रिया कार्यक्रम



काठमाडौं । भारतले कास्मिरमा एकतर्फी कारवाही गरेको दिनको स्मरणमा नेपालस्थित पाकिस्तानी दूतावासले आज, ‘कास्मिरिज! यूम–ए–इस्तेसल’ कार्यक्रमको आयोजना गरेको छ ।

५ अगस्ट २०१९ अर्थात आजकै दिन भारतीय संविधानको धारा ३७० खारेज गर्दै कास्मिरीहरुको अधिकार फिर्ता लिएको थियो । कास्मिरी जनताको न्यायोचित संघर्षको पक्षमा समर्थन जनाउन अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको दूतावासले जनाएको छ । कार्यक्रममा राजनीतिज्ञ, पत्रकार, लेखक तथा विश्लेषकका साथै मानवअधिकार संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले कास्मिर विवाद अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवाद भएको जिकिर गर्दै यसलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रासंगिक प्रस्तावहरू अनुसार समाधान गर्न आवश्यक रहेको बताए । उनले भारतको ५ अगस्त २०१९ मा गरेको गैरकानूनी र एकपक्षीय कार्यले यसको अन्तर्राष्ट्रिय दायित्व, संयुक्त राष्ट्रसंघप्रतिको प्रतिबद्धताहरू र दुई देश बीचको द्विपक्षीय सम्झौता र समझदारीहरूको उल्लङ्घन गरेको बताए । भारतले कास्मिरमा राज्य आतंक मच्चाएको आरोप लगाउँदै उनले कस्मिरी जनताको इच्छालाई छोड्न नसकिने बताए ।

कार्यक्रममा धारा ३७० र ३५ खारेज गरेकोमा निन्दा समेटिएका पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो । सो कार्यक्रममा जम्मू र कास्मिर विवादको इतिहास र महत्वलाई प्रस्तुत गर्ने विशेष वृत्तचित्र र ५ अगस्ट पछि भारतीय सेनाले कास्मिरी जनतामाथि गरेको आक्रमणको भिडियो एवं फोटो समेत देखाइएको थियो ।

 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र