१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

कास्मिरको पक्षमा पाकिस्तानी दूतावासले गर्यो ‘कास्मिरिज! यूम–ए–इस्तेसल’ अन्तर्क्रिया कार्यक्रम



काठमाडौं । भारतले कास्मिरमा एकतर्फी कारवाही गरेको दिनको स्मरणमा नेपालस्थित पाकिस्तानी दूतावासले आज, ‘कास्मिरिज! यूम–ए–इस्तेसल’ कार्यक्रमको आयोजना गरेको छ ।

५ अगस्ट २०१९ अर्थात आजकै दिन भारतीय संविधानको धारा ३७० खारेज गर्दै कास्मिरीहरुको अधिकार फिर्ता लिएको थियो । कास्मिरी जनताको न्यायोचित संघर्षको पक्षमा समर्थन जनाउन अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको दूतावासले जनाएको छ । कार्यक्रममा राजनीतिज्ञ, पत्रकार, लेखक तथा विश्लेषकका साथै मानवअधिकार संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले कास्मिर विवाद अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवाद भएको जिकिर गर्दै यसलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रासंगिक प्रस्तावहरू अनुसार समाधान गर्न आवश्यक रहेको बताए । उनले भारतको ५ अगस्त २०१९ मा गरेको गैरकानूनी र एकपक्षीय कार्यले यसको अन्तर्राष्ट्रिय दायित्व, संयुक्त राष्ट्रसंघप्रतिको प्रतिबद्धताहरू र दुई देश बीचको द्विपक्षीय सम्झौता र समझदारीहरूको उल्लङ्घन गरेको बताए । भारतले कास्मिरमा राज्य आतंक मच्चाएको आरोप लगाउँदै उनले कस्मिरी जनताको इच्छालाई छोड्न नसकिने बताए ।

कार्यक्रममा धारा ३७० र ३५ खारेज गरेकोमा निन्दा समेटिएका पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो । सो कार्यक्रममा जम्मू र कास्मिर विवादको इतिहास र महत्वलाई प्रस्तुत गर्ने विशेष वृत्तचित्र र ५ अगस्ट पछि भारतीय सेनाले कास्मिरी जनतामाथि गरेको आक्रमणको भिडियो एवं फोटो समेत देखाइएको थियो ।

 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ०६ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ