९ चैत्र २०८२, सोमबार | March 23, 2026

‘झोले’ चिकित्सकका कारण आयुर्बेद व्यवसाय धरापमा



बुटवल । अबैधानिक झोले चिकित्सकहरुका कारण नेपालमा आयुर्वेद व्यवसाय धरापमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेसनमा सहभागी व्यवसायीहरुले आयुर्वेद जस्तो महत्वपूर्ण औषधीहरुलाई किराना र डिपार्टमेण्ट स्टोरका खुद्रा सामान सरह बेचिने गरेको बताए । उनीहरुले बिना जाँच फुटपाथमा आयुर्वेदका सामाग्री बेचबिखन हुँदा सर्वसाधरणको स्वास्थ्यमा खेडवाल भएको भन्दै व्यवसायको मर्यादा पनि खस्केको बताए ।

सधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले नेपालमा आयुर्वेदिकबाट आर्थिक समृद्धि सम्भावना रहेको बताए । आयुर्वेदको जनशक्ति र दक्षता अभिवृद्धिका साथै जडिबुटीलाई स्वदेशमा नै प्रशोधनको गर्नुपर्ने उनको सुझाव छ । परम्परागत ढंगबाटमात्र नभई आधुनिक प्रविधिसंग यसलाई जाडेर लैजानुपर्ने उनले बताए । उनले एक बन एक जडिबुटीको अवधारणा अनुसार जडिबुटीको प्रवर्धन गर्न सकिने बताउँदै सामुदायीक बनहरुलाई पनि जडिबुटीसँग जोड्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दिपक कुमार धितालले आर्युवेदिक पेशालाई मर्यादित बनाउन जरुरी रहेको भन्दै स्थानीय पालिकाबाट स्थान उपलब्ध गराएको खण्डमा निशुल्क स्वस्थ्य सेवा दिन सकिने बताए । विश्वकै सबैभन्दा पुरानो र ऋषिमुनिहरुबाट शुरु गरिएको उपचार विधि नै आयुर्वेद भएको दाबी गर्दै उनले यो सर्वश्रेष्ठ उपचारविधि भएको जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयका कन्सल्ट्यान्ट शालाक्य चिकित्सक (प्रवक्ता एवम् सूचना अधिकारी) पुष्पराज पौडेलले कोभिड १९ संक्रमण आयुर्वेद पद्यती एउटा अवसरका रुपमा देखिएको बताए । पछिल्लोसमय ६० प्रतिशत नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दा यो ठूलो समस्याका रुपमा देखापर्दै आएको उनले बताए । आयुर्वेदले उपचारमात्र नभई स्वस्थ्य जिवनशैलीलाई जोड दिने उनले दाबी गरे ।

बिस २०५९ सालमा उद्घव पौडेलको अधयक्षतामा स्थापना भएको आयुर्वेद औषधी व्यवसायीहरुको संस्था पछिल्लो ३ वर्ष देखि सक्रियरुपमा संचालन गरिएको छ ।

नेपाल औषधि उत्पादक संघ केन्द्रका अध्यक्ष चन्दकान्त खनालले नेपाली आयुर्वेदीक औषधीको निगरानी र ल्याब टेष्ट नियमित हुने भएकाले पनि नेपाली औषधी गुणस्तरिय हुने बताए । लुम्बिनी हबका रुपमा विकास भैरहेको पनि उनले दाबी गरे ।

संघका केन्द्रीय अध्यक्ष जगनाथ गिरि, संस्थाका संस्थापक अध्यक्ष उद्दव गौतम, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले आयुर्वेद सम्बन्धित नितिगत रुपमा नै कमजोरीहरु रहेको भन्दै आयुर्वेदलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

३१ जनाबाट शुरु भएर संस्थामा अहिले ५५ जना आवद्ध रहेका छन । नेपालमा पाईने जडिबुटीहरुको अध्ययन, अनुसन्धान गरि उपयोगमा ल्याउने गरि सरकारले काम अघि बढाउनेपर्ने सुझाव दिए । आयुर्वेदिक औषधि करिब ६० प्रतिशत नेपालमा उत्पादन हुँदै आएको छ ।

अधिवेशनले आजै ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : ०३ बजे

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार