२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश



लन्डन । एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्।

कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्वजानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रूपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भाँड्ने, अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्यबीच बाटोबाटै फर्किएका थिए। अन्तिम समयमा अनुपस्थित हुँदासमेत उनले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो। ‘राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं। तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाए।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : २७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले