२८ मंसिर २०८२, आइतबार | December 14, 2025

त्रिवेणी गाउँपालिकाकाे स्वास्थ्य इकाइभित्रै छिर्याे पहिराे



सुर्खेत । निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ ।

त्रिवेणी गाउँपालिका-२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् ।

सानीभेरी गाउँपालिका-३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन पाएन । घरका सम्पूर्ण सामग्री पूर्ण रुपमा क्षति भएका छन् ।

निरन्तरको वर्षापछि सानीभेरी नदीमा पानीकाे सतह बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन आग्रह गरिएको जानकारी दिए । केही परिहाले गाउँपालिका पनि आवश्यक तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ०८ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको