२३ श्रावण २०८३, शनिबार | August 8, 2026

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन निषेध



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे ।

‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउन आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सयजना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले बताए ।

काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि १ वैशाख २०७४ वैशाखबाट ‘नो हर्न’ लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : २१ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी