२१ मंसिर २०८२, आइतबार | December 7, 2025

विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ



काठमाडौं । विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नम्बर जेड-५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् ।

उनलाई विभिन्न देशको मुद्रा अबैधरुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन