३२ असार २०८३, बिहिबार | July 16, 2026

अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ?’



काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध मुद्राको छानबिन हुनु पर्ने माग गरेका छन् । यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृति देखिएको भन्दै उनले उचित छानबिनको माग गरेका हुन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुदैँन भन्ने गलत भाष्य चिर्न पनि २५ करोड बरामद घटनाको मुख्य नाइके पत्ता लगाउने गरी छानबिन हुनु पर्ने माग राखेका हुन ।

‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा  सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने।  यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छु,’ उनले संसदमा भने ।

‘कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने  र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो, अब सरकारले गहिरो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई समात्नु पर्छ, नत्र यो अनुसन्धान आँखामा छारो हालजस्तो देखिन पुग्छ,’ उनको माग रहेको छ।

सोमवार राती प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरे पछि सो बिषय संसदमा पनि उठेको हो । यसअघि माओवादी सांसद माधवप्रसाद सापकोटाले सो घटनामा बिशेष छानबिन समिति बनाउन माग गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ३८ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही