४ चैत्र २०८२, बुधबार | March 18, 2026

टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो



तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ ।

यसअघि दैनिक हवाई सेवा थियो । “जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ”, उनले भने, “पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ ।”

असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उनको भनाइ छ । अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए । सरदर १०-१२ यात्रु आवतजावत गर्ने गरेका छन् । अहिले दाङ-काठमाडौं हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ ।

अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ ।

‘ल्याब रिपोर्ट’को पर्खाइ

एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोमा इन्धन भण्डारण लागि ट्याङ्की पनि आइसकेको छ, भने अन्य आवश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठले बताए, “डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “अब केही समयमा सञ्चालनमा आउछ ।” डिपो सञ्चालनका लागि अहिले बायो परीक्षणका लागि भारत पठाइएको छ ।

त्यो रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउने छ । करिब रु पाँच लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो । डिपोमा रहेको ट्याङ्कीमा इन्धन पनि ल्याइसकिएको छ । ३० हजार लिटर क्षमता भएको उक्त इन्धन डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याइएको छ । ट्याङ्कीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताए । उनका अनुसार भारतको लखनउबाट नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट दाङमा इन्धन ल्याईनेछ ।

इन्धन डिपो आएपछि भाडामा त्यतिधेरै तलमाथि नभए पनि सहज हुने बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माले बताए । उनका अनुसार काठमाडौंबाट १२ जना मात्रै आउने गरेका छन्, बाँकी सिटमा इन्धन बोकेर ल्याउनुपर्छ तर, यही इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन् । दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अवस्था छैन ।

इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उनले बताए । विसं २०११ मा उक्त एयरपोर्ट सञ्चालनमा आएको हो तर, बीच-बीचमा हवाई सेवा अनियमित हुने गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ४० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन