८ पुस २०८२, मंगलबार | December 23, 2025

ठेकेदारको कामको अनुगमन गर्न बनेको समिति आफैले बुटवलको सडक निर्माण गर्ने !



बुटवल । बुटवल–बेलहिया व्यापारिक सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको अनुगमन गर्न बनेको समितिको बैठकले सडक विस्तारको कतिपय कामहरु समिति आफैले गर्ने निर्णय गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा समितिका संयोजक टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले चौराहादेखि गोलपार्कसम्म सडक निर्माण गर्ने क्रममा सडकको दायाँबायाँ निर्माणाधीन नालाको ढक्कन समितिबाटै गर्ने निर्णय गरेको हो ।

यस्तै समितिले विद्युतको पोलहरु सबै जडान गरी आगामी बैठकसम्म कार्य सम्पन्न गरिसक्ने, खानेपानीको पाइप व्यवस्थापन गर्न खानेपानी संस्थानले निर्माण कम्पनीसँग समन्वय गरी पूरा गर्ने र आगामी बैठकमा प्रतिवेदन पेश गर्ने समेत निर्णय गरिएको छ । यस्तै बैठकले टेलिफोन पोल र क्याबिनेट सबै कार्य तुरुन्त व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बुटवल बेलहिया सडकमा ठेकेदार कम्पनीले लापरवाही गर्दै कममा ढिलासुस्ती गरेपछि ठेकेदार कम्पनीलाई उसैको कार्ययोजना अनुसार काममा लगाउने र त्यसको कडाईका साथ अनुगमन गर्ने भन्दै सोमबार भैरहवा र बुटवलमा गरि छुट्टाछुट्टै अनुगमन समिति गठन गरिएको थियो । तर समितिका संयोजक एवं बुटवल उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले ढक्कन लगाउने देखि बिजुलीका पोल सार्ने काम सम्म समितिले नै गर्ने गरि निर्णय गरेको छ ।

बैठकमा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका योजना प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट, वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभी कन्स्ट्रक्सनका सुवित श्रेष्ठको उपस्थितिमा भएको बैठकले कामको अनुगमन गर्ने भन्दा पनि समितिबाटै काम गर्ने गरि निर्णय गरिएको व्यहोरा सार्वजनिक भएको छ ।

३ पटक म्याद थपिँदा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई उसैले तयार गरेको कार्ययोजना अनुसार किस्ता किस्तामा २०८० असार सम्ममा सम्पूर्ण काम सक्ने गरि सोमबार बुटवल उपमहानगरमा भएको अन्तरक्रिया नाम दिईएको भेलाले अघोषित म्याद थपिदिने निर्णय गरेको थियो । ठेकेदार कम्पनीको पछिल्लो म्याद गत असार ३ गते सकिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ११ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको