४ चैत्र २०८२, बुधबार | March 18, 2026

भक्तपुरका भ्यागुताहरूलाई आज भोज !



भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं यसरी नै आ-आफ्नाे खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् ।

यो दिन क्वाँटी (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्ताे परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहानआ-आफ्नो खेतमा भोज लिएर पुग्छन् ।

भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर, होइन् । भ्यागुताकाे भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो ।

भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा व्यां चा जानक वानेगू अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँं व्यांको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने हाे ।

भोज लिएर खेत जानको लस्कर
बिहीबार बिहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरु जताततै भेटिएका थिए । एकाबिहानै खेतखेतमा पुगेर किसानहरू आफ्ना खेतका भ्यागुतालाई भोज खुवाउन हिँडेका थिए । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन भने जाने गएको देखेको थियो ।

बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ-आफ्नो खेतमा छोड्ने परम्परा छ ।

भोजको परिकारमा के के हुन्छ ?
भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ.आएको छ ।

भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।

संस्कृतिविद् डा. वीरेन्द्र कायष्ठले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायष्ठ बताउँंछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  २ : ५१ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत