२० भदौ २०८३, शनिबार | September 5, 2026

बुटिक होटलमा अवैध धन्दा, उच्चघरानिया व्यापारी जुवाडेको मूल्य कति ?



काठमाडौं । काठमाडौं कमलादीमा गङ्गोर बुटिक होटल रहेको छ । भारतीय नागरिक सञ्चालक रहेको यो होटलमा सोमबार साँझ नेपालका प्रतिष्ठित भनिएका भीआईपीहरुको जमघट थियो ।

लकडाउनको बीचमा सरकारले तोकेको सामाजिक दुरी उल्लंघन गर्दै होटलमा बसेका ती व्यक्तिहरु कुनै औद्योगिक व्यापारिक योजनामा थिएनन् । उनीहरु त लामो लकडाउनको तनाबबाट मुक्त हुन बडा रमाइलो वातावरण बनाइरहेका थिए । तर, कानुनतः बर्जित ।

हो, ति प्रतिष्ठित भनिएका व्यक्तिहरु कानुनले बर्जित गरेको जुवातासमा मस्तराम थिए । विशेष सुराकीका आधारमा प्रहरीले सोमबार साँझ छापा मारेपछि उनीहरुको पोल खुल्यो ।

९ जना व्यापारीहरु पक्राउ परे । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गर्यो । प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन दाहालका अनुसार गोप्य सूचनाको आधारमा छापा मार्दा व्यापारीहरु रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, अशोककुमार अग्रवाल, विमल खेतान, गोविन्दराम सरिया, विमल अहुजा, पुरुषोत्तम अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु मध्ये केही व्यापारी त यति धेरै प्रष्तिष्ठित छन् कि उनीहरुलाई राज्यले उच्च सम्मान दिएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित व्यापारीहरु पनि कानुनले अवैध मानेको जुवा खेलमा मस्ती भए ।

उच्चस्रोतका अनुसार उनीहरुबाट केही कल गर्लहरु समेत पक्राउ परेको बुझिएको छ । तर, यसबारेमा प्रहरीले भने केही बताएको छैन ।
पक्राउ परेपछिको अवस्थाबाट भने प्रहरी हैरान भएको छ । किनकी, ती व्यापारिक घरानियाहरु क्यासिनो मोडलबाट जुवा खेलेका थिए । उनीहरुबाट १ सय ७९ वटा क्यासिनो मोडलकका सिक्का बरामद भएको छ । सामान्यतया जुवा खालबाट बरामद हुने नगद त्यहाँ नगण्य प्रयोग भएको छ ।

जम्मा २ लाख २२ हजार नगर मात्र नगद फेला पारेको प्रहरीले अहिले ति सिक्काको मूल्य कति हो भन्नेबारेमा अनुसन्धान गरिरहेको छ । तर, प्रहरीको प्रारम्भिक अनुमान ति सिक्का करोडौं मूल्यको हुनुपर्छ । ‘सिक्कालाई डिकोड गरेपछि मात्र वास्तविक रकमबारे खुल्नेछ’, अनुसन्धान संलग्न एक अधिकृत भन्छन्

‘होटलको काउन्टरबाट निश्चित रकम तिरेपछि सिक्का प्राप्त हुन्छ । र तिनै सिक्काको आधारमा जुवा खेलिन्छ । यसको अर्थ हुन्छ, होटललाई नै क्यासिनो बनाएर जुवाको अखडा बनाइएको रहेछ’, अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले उनीहरुलाई जुवा ऐन अनुसार कारवाही गर्ने तयारी गरेको छ । त्यसो त भीआईपी जुवाडे व्यवसायीलाई छुटाउन प्रहरीमाथ दबाब सुरु भैसकेको छ । तर, अनुसन्धान पुरा गरी मुलुकी अपराध संहिताअनुसार मुद्दा दायर गर्नुको विकल्न नरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ११ : ४१ बजे

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम