२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो ।

भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १२ : ४३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री