२३ बैशाख २०८१, आइतबार | May 5, 2024

डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान (फोटो फिचर)



बुटवल । डेंगुका बिरामी अस्पतालमा बढ्द थालेपछि बुटवल उपमहानगरपालिकाले वडास्तरमा डेंगुका लार्भा खोज र नष्ट अभियान शुरु गरेको छ । शुक्रबार साझ बुटवल उपमहानगरपालिका वडा नं. ६ र ७ मा मेशिनबाट धुवां (फग) निकालेर लार्भा मार्ने काम भएको छ । नगर प्रहरीले गन मेशिनमा झोल औषधीको प्रयोग गरेर धुवा निकालेर लार्भा नष्ट गर्ने अभियान थालेका हुन् । धुवाको गन्धको प्रभाव रोक्न नगरप्रहरीले स्पे्र समयमा स्थानियलाई घरभित्र बस्न आग्रह समेत गरेका थिए ।

एक हप्तादेखि शुरु भएको लार्भा मार्ने कार्यक्रम नगरका सबै वडाहरुमा गरिने नगरप्रमुख खेलराज पाण्डेले बताए । नियन्त्रणका अभियानलाई उपमहानगरपालिकाका स्वस्थ्य संयन्त्र परिचालन गरि तिब्रता दिईएको उनले बताए ।

डेंगुका बिरामीमा ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण देखिने भएकाले यस्तो लक्षण भए तुरुन्त अस्पताल जानुपर्ने उनको सुझाव छ ।

फरकफरक रोग सार्ने फरक लामखुट्टे हुने गरेपनि डेंगु सार्ने कालोमा सेतो धर्का भएको डेगुमार्ने लामखुट्टे सजिलै चिन्न सकिन्छ । टाईगर लामखुट्टे नाम दिईएको सो लामखुट्टले एकैपटकमा एक बाईटमा फरकफरक गरि ५ जनासम्मलाई रोग सार्न सक्दछ । यसको आयु ३० दिनको हुन्छ । अण्डा एक वर्षसम्म बाँच्ने भएकाले पनि यो नष्ट गर्नुपर्छ । रोग प्रभावित भएको अण्डा लामोसमयसम्म बाच्ने भएकाले पनि यो जोखिमयुक्त हुन्छ । यो लामखुट्टेले कोठाभित्र र सफा पानी जम्ने स्थानमा अण्डा पार्ने हुन्छ भने यसको जनघनत्वको ३ सय मिटरभन्दाबाहिर जादैन ।

यो लामखुट्टेको लार्भालाई जुनसुकै तेल हालेर पनि मार्न सकिन्छ । दिउँसो लामखुट्टेले टोक्ने भएकाले शरीर ढाक्ने कपडा लगाउने, पानी जम्ने ठाउँ रोक्ने जस्ता काम अघि बढाउनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगुको अहिले सम्म औषधी बन्न सकेको छैन ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : १६ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम