५ आश्विन २०८३, सोमबार | September 21, 2026

डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान (फोटो फिचर)



बुटवल । डेंगुका बिरामी अस्पतालमा बढ्द थालेपछि बुटवल उपमहानगरपालिकाले वडास्तरमा डेंगुका लार्भा खोज र नष्ट अभियान शुरु गरेको छ । शुक्रबार साझ बुटवल उपमहानगरपालिका वडा नं. ६ र ७ मा मेशिनबाट धुवां (फग) निकालेर लार्भा मार्ने काम भएको छ । नगर प्रहरीले गन मेशिनमा झोल औषधीको प्रयोग गरेर धुवा निकालेर लार्भा नष्ट गर्ने अभियान थालेका हुन् । धुवाको गन्धको प्रभाव रोक्न नगरप्रहरीले स्पे्र समयमा स्थानियलाई घरभित्र बस्न आग्रह समेत गरेका थिए ।

एक हप्तादेखि शुरु भएको लार्भा मार्ने कार्यक्रम नगरका सबै वडाहरुमा गरिने नगरप्रमुख खेलराज पाण्डेले बताए । नियन्त्रणका अभियानलाई उपमहानगरपालिकाका स्वस्थ्य संयन्त्र परिचालन गरि तिब्रता दिईएको उनले बताए ।

डेंगुका बिरामीमा ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण देखिने भएकाले यस्तो लक्षण भए तुरुन्त अस्पताल जानुपर्ने उनको सुझाव छ ।

फरकफरक रोग सार्ने फरक लामखुट्टे हुने गरेपनि डेंगु सार्ने कालोमा सेतो धर्का भएको डेगुमार्ने लामखुट्टे सजिलै चिन्न सकिन्छ । टाईगर लामखुट्टे नाम दिईएको सो लामखुट्टले एकैपटकमा एक बाईटमा फरकफरक गरि ५ जनासम्मलाई रोग सार्न सक्दछ । यसको आयु ३० दिनको हुन्छ । अण्डा एक वर्षसम्म बाँच्ने भएकाले पनि यो नष्ट गर्नुपर्छ । रोग प्रभावित भएको अण्डा लामोसमयसम्म बाच्ने भएकाले पनि यो जोखिमयुक्त हुन्छ । यो लामखुट्टेले कोठाभित्र र सफा पानी जम्ने स्थानमा अण्डा पार्ने हुन्छ भने यसको जनघनत्वको ३ सय मिटरभन्दाबाहिर जादैन ।

यो लामखुट्टेको लार्भालाई जुनसुकै तेल हालेर पनि मार्न सकिन्छ । दिउँसो लामखुट्टेले टोक्ने भएकाले शरीर ढाक्ने कपडा लगाउने, पानी जम्ने ठाउँ रोक्ने जस्ता काम अघि बढाउनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगुको अहिले सम्म औषधी बन्न सकेको छैन ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : १६ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा