२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एभरेष्ट माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न



बुटवलन । बुटवल सख्खानगरमा रहेको एभरेष्ट ईङ्गलिस माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि शैक्षिक अभिमुखिकरण तथा स्वागत कार्यक्रम गरेको छ ।

विद्यालयले शनिबार कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शैक्षिक सिकाई, अभ्यास, नेतृत्व विकास र अध्ययन क्षमतावृद्धिका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

वरिष्ठ उत्प्रेरक डाक्टर ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजिकरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कक्षा ११ का नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रमको उद्घाटन गर्दै लुम्विनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरेले शिक्षक सिकाईमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहेको बताए ।

विद्यार्थीको अध्ययन तथा सिकाईका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गर्दै निर्देशक गैरेले नम्बरका आधारमा विषय छनोट तथा अध्ययन गर्नु भन्दापनि लगन र मेहनत गरे जस्ता सुकै उपलब्धीहरु हात पार्न सकिने बताए ।

कार्यक्रममा हिसान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकप्रसाद कण्डेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, अभिभावक गोपाल अधिकारी, विद्यार्थी आशिष आचार्य, स्नेहा गौतम लगायतले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकाय अध्ययन गर्ने ४ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए । दशजोड दुईमा अध्यापन गराउने अध्यापक तथा कर्मचारीहरुलाई सोही कार्यक्रमको अवसर पारि सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आआफ्ना साँस्कृतिक प्रस्तुतिहरु पनि देखाएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ४२ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा