२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेकपा एकीकृत समाजवादीले एमालेसँग कुुनै प्रकारको तालमेल नगर्नेे



बुटवल । नेकपा एकीकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामि मंसिर ४ गते हुने निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन । उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेस सहितको शक्तिसँग गठबन्धन गर्नुुपरेको बताए ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहेका विश्वासीले केपी ओलीमा अझै पनि प्रतिगमनकारी सोँच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुननसक्ने बताए । उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरि आउने दावी समेत गरे ।

बैठकमा पार्टीका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए । उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश सचिव राजुु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकिकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए । बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरि एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विश्वकर्माले बताए ।

भदौसम्म तल्लो तहसम्म संगठन विस्तार, पार्टीमा आबद्ध हुन चाहनेहरुलाई प्रवेश गराउनेदेखि संगठन चुस्त बनाउने निर्णय भएको सचिव सरिता श्रीसले बताईन । पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा भएको बैठकमा उपाध्यक्षद्धय चिनबहादुर गुरुङ, अर्का उपाध्यक्ष श्रीराम यादव र उपसचिव टंक पोखरेलले बोलेका थिए । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, रमा घर्ती, उमा काफ्ने, सल्लाहकार आदित्यनारायण कसौधन लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : १८ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ