३० असार २०८३, मंगलबार | July 15, 2026

नेकपा एकीकृत समाजवादीले एमालेसँग कुुनै प्रकारको तालमेल नगर्नेे



बुटवल । नेकपा एकीकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामि मंसिर ४ गते हुने निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन । उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेस सहितको शक्तिसँग गठबन्धन गर्नुुपरेको बताए ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहेका विश्वासीले केपी ओलीमा अझै पनि प्रतिगमनकारी सोँच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुननसक्ने बताए । उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरि आउने दावी समेत गरे ।

बैठकमा पार्टीका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए । उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश सचिव राजुु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकिकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए । बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरि एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विश्वकर्माले बताए ।

भदौसम्म तल्लो तहसम्म संगठन विस्तार, पार्टीमा आबद्ध हुन चाहनेहरुलाई प्रवेश गराउनेदेखि संगठन चुस्त बनाउने निर्णय भएको सचिव सरिता श्रीसले बताईन । पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा भएको बैठकमा उपाध्यक्षद्धय चिनबहादुर गुरुङ, अर्का उपाध्यक्ष श्रीराम यादव र उपसचिव टंक पोखरेलले बोलेका थिए । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, रमा घर्ती, उमा काफ्ने, सल्लाहकार आदित्यनारायण कसौधन लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : १८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित