२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णाली प्रदेशको संघीय सरकारलाई प्रश्नै प्रश्न



सुर्खेत । जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीले संघीय सरकारसँग स्रोत बाँडफाँडको विषयमा प्रश्न गरेका छन् । स्रोत बाँडफाँडबारे संघीय सरकारले अन्य दुई तहलाई अधिकार नदिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना विकासमन्त्री विन्धमान विष्टले बताएका छन् ।

कर्णालीमा जडीबुटी प्रशस्त भएकोले यहिबाट आम्दानी गर्न सकिन्छ भन्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको भनाइप्रति प्रदेशका आर्थिक मामिला मन्त्रीले विष्टले दुई प्रतिशत जडीबुटीबाट कसरी आम्दानी गर्ने भन्दै प्रश्न गरे । भएभरका अधिकार माथि राखेर नाम मात्रको प्रदेशले काम गर्न नसक्ने उनले बताए ।

यस्तै जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले हामी सबै सिकाइकै क्रममा भएकाले राज्यको अधिकार जनताले महसुस गर्ने गरी परिचालन गर्नुपर्ने बताए । स्थानीय तहका प्रमुखहरूले अधिकार स्थानीय तहमा दिएका छौँ भन्ने तर कर्मचारी भरी संघीय सरकारले सरुवादेखि अन्य काम गर्ने भएपछि के को अधिकार दिएको भन्दै प्रश्न गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले भक्तपुर जतिकै बजेट सिँगो कर्णाली प्रदेशले नपाएको भन्दै हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताइन् ।

संघीय शासन प्रणाली सबलीकरण अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । राष्ट्रियसभा, संघीयता कर्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा अधिकांश समय आलोचनामै बितेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : २४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय