२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रातको समयमा कोहलपुर–सुर्खेत खण्डमा दुई पाङ्ग्रे सवारी चलाउन प्रतिवन्ध



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ ।

गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।

सो घटनालाई लिएर स्थानीयबासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिए पछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रशासनका अनुसार दिउँसो पनि सुरक्षाकर्मीको निर्देशनमा चारपाङग्रे सवारीका साथ लागेर मात्र दुई पाङग्रे सवारी चलाउन पाइनेछ ।

आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भए पछि आइतवार देखी नै आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए ।

सो प्रर्दशन पछि सोमबार अवेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : २२ बजे

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को