२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पाल्पामा ट्रक चालकमाथि आक्रमण गर्ने युवा ट्रकबाट खसेर मृत्यु



पाल्पा । मध्यरातमा ट्रक चालक र सहचालकमाथि आक्रमण गर्न खोज्ने मध्यका एकजना युवकको ट्रकबाट खसेर मृत्यु भएको छ । मध्यराती बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्ने युवाहरु मध्य तानसेन ८ जरेपिपलका २५ वर्षिय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको हो ।

प्हरकिा अनुसार मृतक श्रेष्ठकै जन्मदिन मनाएर मदिरा सेवन गरि सडकको बिचमा सुतिरहेको अवस्थामा बुटवलबाट पाल्पा तर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न संकेत गरेकोमा श्रेष्ठ सहितका ३-४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्नेक्रममा ट्रकबाट खसेर घाईते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो ।

प्रहरीले ट्रक सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएपनि ट्रकमाथि आक्रमण गर्ने अन्य युवाहरुलाई भने पक्राउ गरेको छैन । घटनामा संलग्न युवाहरु प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको पाल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक