१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पाल्पामा ट्रक चालकमाथि आक्रमण गर्ने युवा ट्रकबाट खसेर मृत्यु



पाल्पा । मध्यरातमा ट्रक चालक र सहचालकमाथि आक्रमण गर्न खोज्ने मध्यका एकजना युवकको ट्रकबाट खसेर मृत्यु भएको छ । मध्यराती बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्ने युवाहरु मध्य तानसेन ८ जरेपिपलका २५ वर्षिय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको हो ।

प्हरकिा अनुसार मृतक श्रेष्ठकै जन्मदिन मनाएर मदिरा सेवन गरि सडकको बिचमा सुतिरहेको अवस्थामा बुटवलबाट पाल्पा तर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न संकेत गरेकोमा श्रेष्ठ सहितका ३-४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्नेक्रममा ट्रकबाट खसेर घाईते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो ।

प्रहरीले ट्रक सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएपनि ट्रकमाथि आक्रमण गर्ने अन्य युवाहरुलाई भने पक्राउ गरेको छैन । घटनामा संलग्न युवाहरु प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको पाल्पा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू