१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

बुटवलमा पहिलो पटक घिन्ताङघिसी जात्रा (फोटो फिचर)



बुटवल । काठमाडौँ उपत्यकामा मनाइने गाईजात्रा अन्तर्गतको घिन्ताङ घिसिङ जात्रा बुटवलमा प्रदर्शन गरिएको छ । यस अघि काठमाडों उपत्यकामा मात्र सिमित रहेको घिन्ताङ घिसीङ जात्रा पहिलो पटक बिहिबार बुटवलमा प्रदर्शन गरिएको हो ।

विश्वहिन्दु महासंघको भवनबाट सगुन लिएर पुरानो बटौलीको गणेश मन्दिर पुगेको घिन्ताङ घिसी टोलि गणश मन्दिरबाट नेवारी परम्पराका बिभिन्न नाचहरु प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो । नेवारी परम्पराको बिभिन्न बजागाजा सहित घिन्ताङ घिसी नाच गणेशथान, दुर्गा मन्दिर गोलपार्क, जितगढी कालिका मन्दिर हुँदै अमरपथबाट पुनः गणश मन्रि पुगेर समापन गरिएको थियो ।

भक्तपुरबाट आएको कलाकार टोलिले माको प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच) तथा घ्यान्ताङ घिसी प्याखँ (लट्ठी जुधाएर नाचिने नाच) प्रदर्शन गरिएको नेपाल भाषा साहित्य तः मुज्या उपत्यका संयोजक राजबीर डंगोल बताए । उनले सांस्कृतिक आदान प्रदान र नेवाः संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यका साथ घिन्ताङ घिसी नाच लिएर आफुहरु बुटवल आएको बताए ।

नेवाः सेवा समिति बुटवल १ र २ का सदस्य मदन श्रेष्ठले भक्तपुरबाट नेवाः कलाकारहरु आएर बुटवलमा नेवारी कला र संस्कृतिको पहिचान दिन सफल भएको बताए ।

घिन्ताङ घिसी नाच पृथक, मनोरञ्जनात्मक एवम् व्यङ्ग्यात्मक हुने गर्छ । ‘गिनित्वाङ, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको चर्चा पनि यस अवसरमा बढी हुने गर्छ ।

नेवार समुदायमा सातदिनसम्म घिन्ताङ घिसी नाच, माक प्याखं (बाँदर नाच), लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच, विभिन्न व्यङ्ग्यात्मक प्रस्तुति गरी कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी गाईजात्रा समापन गरिन्छ ।

फोटो : स्वस्तिक श्रेष्ठ

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १ : ५३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा