१७ माघ २०८२, शनिबार | January 31, 2026

लुम्बिनी शिक्षालयका विद्यार्थीसहित ३ संस्थाले बुटवलको ज्योतिनगरमा गरे संयुक्त वृक्षारोपण



बुटवल । बुटवलको लुम्बिनी शिक्षालयसहित ३ संस्थाको संयुक्त आयाजनामा शुक्रबार बुटवलको ज्योतिनगरमा वृक्षारोपण सम्पन्न गरेको छ ।

बुटवल-९ कालिकानगरमा अवस्थित लुम्बिनी शिक्षालयका विद्यार्थीहरुको सहभागितामा लायन्स क्लब अफ बुटवल पिस र लायन्स क्लब अफ लुम्बिनी ईन्जिनियर्सले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

बुटवलको पहिरो रोकथामका लागि दिर्घकालिन योगदान पुग्नुका साथै वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको लुम्बिनी शिक्षालयका प्रिन्सिपल पुस्कर थापा क्षेत्रीले जानकारी गराए । करिब ८० जना सहभागीहरुबाट करिब ३ सय विरुवा लगाइएको थियो ।

तेजपत्ता, बाँस लगायत प्रजातिका विरुवाहरु लगाइएको थापाले जानकारी दिए । लायन्स क्लब अफ बुटवल डिस्ट्रि ३२५ पी का डिस्ट्रिक सल्लाहकार कुसुमराज ज्ञवाली विरुवा लगाउनुभन्दा यसको संरक्षण महत्वपूर्ण विषय भएको उल्लेख गरेका थिए । पहिरो क्षत्रमा लगाइएका बोट विरुवा संरक्षणका लागि सरकारले समेत ध्यान दिनु पर्ने उनले बताए ।

यसैगरी क्लबका जोन चेयर पर्सन (रिजन ८ जोन १७) का मनिष खनाल, ज्योतिनगर क्षेत्र बिकास परिषद, टोल बिकास संस्था तथा पहिरो नियन्त्रण समितिका अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमलाई संयोजन गर्ने आयोजक संस्थाका अमित खनालले वृक्षारोपणका कार्यक्रमलाई निरन्तरता दिँदै यसको संरक्षणमा समेत जोड दिए ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ७ : १६ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान