३० बैशाख २०८३, बुधबार | May 13, 2026

पैसा भएर र पढेर पनि विदेश प्रेम नजगाएका आवास स्वदेशमै विदेश बनाउने सपना देख्छन्



बुटवल । रुपन्देहीका २६ वर्षीय युवा व्यवसायी आवास बन्जाडे स्वदेशमै व्यवसायबाट नाम र दाम कमाउने सपना बुन्दै छन् । युवा पुस्तामा देखिएको विदेश प्रेमलाई तिलान्जली दिँदै आवास भने नेपालमै युवालाई रोजगारी किन नदिने ? भनेर एउटा सपना बोकेर व्यवसायमा होमिएका छन् ।

त्यसो त आवासले बुवाले कमाईदिएकै पैसामा अमेरिका, अष्ट्रेलिया वा युरोपियन मुलुकमा ग्रीनकार्ड लिएर सुखी जीवन बिताउन पनि सक्थे । तर उनीमा आम नेपाली युवामा जस्तो युरोप र अमेरिका प्रेम जागेन । बाउ बाजेले दुःख गरेर कमाएको सम्पत्तिको सदुपयोग गर्दै युवालाई स्वदेश मै रोजगारी दिने आवासको सपना बिस्तारै पुरा हुँदैछ ।

हजुरबुबा ईन्द्रप्रसाद बन्जाडे, बुबा नारायण बन्जाडे, आमा गिता र आफ्नो नाम आवासको पहिलो अक्षरबाट बनेको छ, आईएनजिए । यहि आईएनजीएलाई ब्यवसायिक उचाईमा लग्ने गरि लागेका छन युवा पुस्ताका आवास बन्जाडे । चार वर्षअघि मास्टर सकेका उनी विदेश जानेतर्फ मन गरेनन् । तिलोत्तमा नपा वडा नं ४ मा राधाकृष्ण टोलमा रहेको अढाई विगाहा क्षेत्रफलको पुर्खौली जग्गालाई सदुपयोग गर्ने सोँचका साथ यतिबेला आवास कम्मर कसेर लागेका छन् । बाबु बाजेको नाम जोडेर व्यवसायतर्फ कदम चालेका आवासले आईएनजीए सपिङ कम्प्लेक्स एनजी मार्केट यतिबेला सबैको चासोको बिषय बनेको छ ।

जनघनत्व कम भएको मुख्य बजार भन्दा टाढा रकेको तिलोत्तमाको राधाकृष्ण टोलमा पसेपछि फर्कनु नपर्ने गरी एउटा विशाल बजार नै खुलेको छ । दैनिक उपभोग्यदेखि बिलासिताका वस्तुहरुसम्म, बाल उद्यानदेखि रेष्टुरेन्ट र पार्टी प्यालेस सम्मलाई एउटै छानामुनी बाँधेर तिलोत्तमामा एनजी मार्केट संचालनमा आएको छ । एनजी मार्केटले तिलोत्तमाको चहलपहलमात्र बढाएको छैन, सानातिना सामान किन्न बुटवल, भारतको सुनौली वा मणिग्रामका दर्जन पसल पुग्नुपर्ने बाध्यतालाई एउटै छानामुनिबाट समाधान गरिदिएको छ । सयौं युवाले रोजगारी पाएका छन् भने स्वदेशी उत्पादनहरुको खपत पनि बढेको छ ।

सीमा शहर सुनौली, नौतनहवा जाने खुद्रे उपभोक्ताहरुलाई आर्कषण गर्ने लक्ष्यसहित स्थापना गरेको एनजी मार्टमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, प्लाष्टिकका सामग्रीका साथै रेष्टुरेन्ट र बारका सेवासमेत एकै ठाउमा उपलब्ध रहेको छ ।

ठुलो व्यापारिक नगरका रुपमा विकास भैरहेको बुटवल, तिलोत्तमा र भैरहवाका उपभोक्तालाई लक्षित गरी यो काम सुरु गरेको अवासले बताए । मार्केट बनाउन करिब १ अर्ब लगानी भैसकेको पनि उनले बताए । चार महिनाअघि सफ्ट ओपनिङ गरेर उपभोक्ताको माग र आवश्यकता बुझ्ने अवसर पाएका छन् आवासले । ‘हरेक दिन सस्तो जस्ता छुटका योजनाहरु चलाएका छौ’, उनले भने । एउटै थलोमा सबै सामान, एनजी मार्ट नारासहित स्थापना भएको मार्टमा खाद्यान्न, कपडा, प्लाष्टिक वेयर, गिफ्ट आईटम सबै प्रकार उपलब्ध छ । यसैगरी सैलुन, ईलेक्ट्रिक आईटम, बुटिक, फर्निचरका शोरुम समेत अन्तिम चरणमा रहेको उनले बताए ।

करीब ४० हजार स्क्वायर फिटमा डिपार्टमेन्टल स्टोर रहेको छ । जहाँ समस्या समाधान हल (प्रबलम सोल्भ हाउस) का रुपमा घरायसीका साथै सबै सामग्रीहरु छन । यसैगरी अर्गानिक भेजिटेबल, गार्मेन्ट्रस, सांस्कृतिक, क्याजुअल कपडा लगायत सबै फेन्सी आइटम राखिएको छ । माथिल्लो तलामा २५ सय स्क्वायर फिटमा युनिसेक्स सैलुन र बुटिक, स्पा, फेसियलका सेवा दिने ब्यवस्था छ । यसैगरी परिवारसँग सपिङ गर्न आउनेलाई लक्षित गरी चिल्ड्रेन गार्डेन, आकर्षण र स्वादयुक्त क्याफे, रेष्टुरेन्टको राम्रो व्यवस्थापन गरिएको छ । रेष्टुरेन्टसँगै पार्किङको ब्यवस्थापन रहेको छ ।

नेपालीहरुको चाडपर्वहरुमा सपिङ गर्न आउने ग्राहक वर्गलाई लक्षित गरी विशेष योजनासमेत ल्याउने तयारी गरेको पनि आवासले बताए । सबैभन्दा अगाडि रहेको २५ हजार स्क्वायर फिट क्षेत्रफलमा आकर्षक फनिर्चर सोरुम तयार गरिरहेको उनले बताए । मुख्यरुपमा हरेक दिन लाम लागेर भारतको सुनौली बजारमा सामान किन्न जाने भिडलाई रोक्ने र भारतमा भन्दा गुणस्तरीय र सहुलियत दरमा सामान बेचेर भारतीय उपभोक्तालाई समेत नेपाल तान्नु मार्केटको उद्देश्य रहेको आवास बताउँछन् ।

एउटा घर निर्माण गर्दा त्यसमा फर्निचरको सबै व्यवस्थापनबारे जानकारी यहाँ दिइने मुख्य संचालक रहेका आवासका पिता नारायण बन्जाडेले बताए । हरेक दिन सुनौलीको मुल्य र नेपालको मुल्य राखेर सूचना बोर्ड बनाउने तयारी गरिएको बन्जाडेले बताए । सिमा क्षेत्रमा गएर दुःख र सास्तीलाई भुलेर स्वदेशमा नै सहज रुपमा बजार गर्ने व्यवहार सिकाउने थलोका रुपमा मार्केट खोलिएको उनको भनाई छ । नेपाली ब्यापारमा अन्डरबिलिङको समस्या धेरै देखिएपछि एनजीका संचालकहरुले पुराबिलबाट सामान खरिद गर्न भारत र चाईना जानु परेको पनि बताए ।

न्युनतम खरिदमा होम डेलिभरिको समेत व्यवस्था रहेको उनले बताए । संचालकहरुका अनुसार मार्टमा प्रत्यक्ष रुपमा ५० जना र अप्रत्यक्षरुपमा १०० बढीले रोजगारी पाएका छन् । कलेजबाट उत्पादन गरेका युवालाई बजारिकरणको अवसर समेत दिएको उनले बताए ।

 

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ११ : २८ बजे

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य