३० बैशाख २०८१, आइतबार | May 12, 2024

६७ थान खयरको काठ बरामद



सिराहा । सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो ।

मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी स-मिलसम्म ल्याए फेला परेको छ ।

सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स–मिलबाट गत बिहीबार राति खयरको काठ ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएको थियो । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको छ ।

अवैध रुपमा कटान गरी स–मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिनन् ।

सब–डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारीको र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ०९ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को