३१ भदौ २०८३, बुधबार | September 16, 2026

नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा कार्यालय खुल्यो



पोखरा । पोखरामा नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो । नवौं खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ ।

कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मन्त्री गहतराजले खेलकुदका लागि आवश्यक बजेटमा चिन्ता लिन नपर्ने बताए । उनले प्रतियोगिता सफल पार्नका लागि प्रदेश सरकार र पोखरा महानगरले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । असोज २८ देखि कात्तिक ३ गतेसम्म ३६ वटा प्रतिश्पर्धात्मक र २ वटा प्रदर्शनीको खेल हुनेछ । त्यसका लागि गण्डकीमा खेलाडी छनोट र प्रशिक्षण सुरु भैसकेको छ ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १० : १९ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०