२१ बैशाख २०८३, सोमबार | May 4, 2026

जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै हिडने पक्राउ



जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्।

जाजरकोट नलगाड नगरपालिका-१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो।

पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला परे पछि पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ८ : ३० बजे

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ