२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट



दमौली । गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनोट गरिने उहाँले बताए ।

भदौ ९ गते उसुको घिरिङमा, बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, कबड्डीको दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ ।

भदौ ११ गते भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट करातेको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ । करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो ।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

तनहुँमा बास्केटबल खेलाउने सम्भावना

प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशका प्रत्येक जिल्लामा कम्तीमा एउटा खेल खेलाउने तयारी गरिएको छ । यसका लागि तनहुँमा बास्केटबलको सम्भावना छ । व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा खेलकुद परिषद्कै सहयोगमा मापदण्डअनुसारको बास्केटबल कोर्ट निर्माण गरिएकोे अध्यक्ष पाण्डेले बताए ।

प्रतियोगिताअन्तर्गत गठित खेल व्यवस्थापन उपसमितिलाई पनि सोही सुझाव दिइएको जनाइएको छ । गण्डकी प्रदेशमा हुन लागेको नवौं खेलकुद प्रतियोगिता सफल पार्नु सबै प्रदेशवासीको जिम्मेवारी भएको जनाउँदै तनहुँ पनि उक्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ९ : ०२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत