२१ बैशाख २०८३, सोमबार | May 4, 2026

लमजुङका भूमिहीनलाई लालपूर्जा लिन ३५ दिने सूचना आह्वान



लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ ।

लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो ।

गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोदी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए ।

उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेसिशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ ।

यस्तै गाउँपालिका तर्फ क्वहोलासोथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेसिशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  १ : ३३ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको