१६ माघ २०८२, शुक्रबार | January 31, 2026

१५ दिन भित्र निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिईसक्नु पर्ने



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ ।

आगमी ४ मंसिरमा हुन गईरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो ।

संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगद्धारा आज जारी सूचनामा उल्लेख छ ।

आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति दिईने छैन ।

 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ८ : ५३ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी