६ असार २०८३, शनिबार | June 20, 2026

आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्बभन्दा बढी



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरु निर्यात गरेको छ ।

गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार १४.८१ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष नेपालको वैदेशिक निर्यात र आयात दुवै घटेको छ ।

नेपालले गत साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट आयत गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालको आयातमा १२.९० प्रतिशतले घटेको छ ।

नेपालको वैदेशिक निर्यात यस वर्षको साउनमा २८.३८ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८.७९ को साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको साउनमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ११ : २१ बजे

मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार

भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

ललितपुर । वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौँ । सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो

काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

आईएमई लिमिटेडको ‘ब्रान्ड एम्बेसडर’ मा प्रकाश सपुत नियुक्त

काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड