३१ भदौ २०८३, बुधबार | September 16, 2026

जलवायु परिवर्तनको असरः हिमनदीमा हिउँको मात्रमा तीब्र गिरावट



जेनेभा । स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ ।

सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीब्र ढंगले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरुका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।

पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनहरूको विश्लेषणको आधारमा स्विट्जरल्याण्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे ।

सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइँ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिउँनदीको गिरावट तीब्र ढंगले भएको छ’, अध्ययनमा भनिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ९ : १३ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै