२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

रुपन्देहीमा भलिबलको छनोट : पुरुषतर्फ तिलोत्तमा, महिलातर्फ बुटवल उपमहानगरपालिका विजयी



बुटवल । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देहीमा भलिबल खेलाडीको छनोट प्रकृया सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितीको आयोजना तथा जिल्ला भलिबल संघ रुपन्देहीको सहयोगमा भएको छनोट प्रतियोगितामा पुरुषतर्फ तिलोत्तमा नगरपालिका तथा महिलातर्फ बुटवल उपमहानगर विजयी भएको छ ।

छनोट प्रतियोगिता अन्तरगत बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ तिलोत्तमा नगरपालिकाले देवदह नगरपालिकालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट देवदहले २६-२८ को अङ्कसहित आफ्नो नाममा पार्न सफल भएको थियो । दोस्रो सेटमा भने तिलोत्तमाले देवदहलाई पछि पार्दै २५-२१ को सेटमा जित दर्ता गरेको थियो । वेस्टअफ थ्रीका आधारमा खेलाइएको खेलको अन्तिम खेलमा तिलोत्तमाले देवदहलाई ११ अंकमा रोक्दै जित दर्ता गरेको थियो । यो खेलसँगै देवदहले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बुटवल उपमहानगरपालिकाले जित दर्ता गरेको छ । बुटवलले सुद्धोधन गाउँपालिकालाई २-१ को सोझो सेटमा विजयी हासिल गरेको हो । यसैगरी महिला तर्फ बुटवल उपमहानगरले तिलोत्तमालाई हराउँदै विजयी हुन सफल भएको अफिसियल किसन चन्दले जानकारी दिए । बुटवलले २-१ को सोझो सेटमा तिलोत्तमालाई हराएको हो । प्रतियोगितामा बुटवलसँग पराजित तिलोत्तमा दोस्रो भएको छ भने देवदह नगरपालिका तेस्रो भएको छ । देवदहले कञ्चन गाउँपालिकालाई पराजित गरेको थियो ।

प्रतियोगितामा पुरुष तथा महिला तर्फका विजेता समुहहरुले १५ हजार, उप विजेताले १० तथा तेस्रो हुने समूहले नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण कार्यक्रममा बोल्दै तिलोतमा नगर प्रमुख रामकृष्ण खाँडले खेलकुदले खेल्ने खेलाडी मात्र नभई समाज सुधारमा समेत महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । देश विदेशमा परिचित गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सबै क्षेत्र मिलेर खेलाडीहरुको उत्पादन र खेलका लागि भौतिक संरचना निमार्ण लाग्नुपर्ने बताए

नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योग गुरुङ्गले आयोजित प्रतियोगितामा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै आगामी दिनमा थप प्रगति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । जिल्ला भलिबल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आयोजित छनोट प्रतियोगिता भव्य सभ्य रुपमा सम्पन्न भएको दाबी गरे । मणिमुकुन्द भलिबल क्लबको विशेष सहयोगमा छनोट प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ९ : ११ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत