३१ असार २०८३, बुधबार | July 15, 2026

कोरम नपुगेर रोकियो ‘अग्निपथ’माथिको छलफल



काठमाडौं । भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । तर, कोरम नपुगेर स्थगित भएको छ ।

छलफलका लागि समितिले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई पनि बोलाएको थियो । तर, मन्त्री खड्कामात्र होइन समिति सदस्यहरु नै बैठकमा अनुपस्थित भए । जसकारण बैठक स्थगित हुन पुग्यो ।

२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थिति आवश्यक पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  २ : ४४ बजे

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर