४ पुस २०८२, शुक्रबार | December 19, 2025

४ महिने बालक सहित कर्णालीमा थपिए १६ जना संक्रमित



सुर्खेत । कर्णाली प्रदेशमा ४ महिने बालक सहित थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बिज्ञिप्ती मार्फत जानकारी दिनुभएको छ ।

आज पुष्टी भएका थप संक्रमितहरु दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका वडा नम्बर २ का एक जना रहेका छन् ।

त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ का २ जना रहेका छन् । त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका वडा नम्बर ४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका वडा नम्बर २ का एक जना, पलाँता गाउँपालिका वडा नम्बर ७ का एक जना, शुभकालिका गाउँपालिका वडा नम्बर ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ का एक जना रहेका छन् । संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थपिएका संगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या २ सय ७८ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  २ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको