१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न, खजुरामा केन्द्रीय कार्यालय खोल्ने निर्णय



बुटवल । लुम्बिनी प्रदेश प्राबिधिक बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न भएको छ । बिश्वबिद्यालय सभाका कुलपति प्रदेश मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको सभाले प्रदेशसभाले बिश्वबिद्यालयका लागि बिनियोजित बजेटलाई स्विकृत गर्दै बाँडफाँटको कार्ययोजना बनाएको छ भने प्रदेश बिश्वबिद्यालय कोषको स्थापना समेत गरेको छ ।

बिश्वबिद्यालयका रजिष्ट्रार रेग भण्डारीका अनुसार बिश्वबिद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरामा स्थापना गर्ने, बिश्वबिद्यालयका लागि आवश्यक अस्थायी कर्मचारीको दरबन्दी सृजना गरि स्विकृत गर्ने, बिश्वबिद्यालय ऐन बमोजिम बिनियमावली बनाई पदाधिकारी तथा कर्मचारीको सेवा सुबिधाको व्यवस्था गर्ने लगायतको निर्णय गरिएको छ ।

प्रदेश बिश्व बिद्यालय स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७ करोड बजेट बिनियोजन गरेको छ । सरकारको निर्णयसँगै खजुरा गाँउपालिकाले गाँउपालिकाको ८ नम्बर वडामा रहेको एकसय बिगाहा बढी जग्गा बिश्वबिद्यालयको नाममा हक हस्तान्तरणका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

बिश्वबिद्यालय ऐन अनुसार सभामा मुख्यमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था रहेको छ भने प्रदेश सरकारले उपकुलपतिमा डा. बिनोद ढकाल, रजिष्ट्रारमा डा. रेग भण्डारीलाई नियुक्त गरेको छ । बिधानमा प्रदेशका मुख्य सचिव, शिक्षा मन्त्रालयका सचिव, अर्थ तथा सहकारी मन्त्रालयका सचिव, आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

बैठकमा प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ५ : २१ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा